जसपा पर्साका नेता शेख अब्बास एमाले प्रवेश, पर्सा–१ मा संगठन थप सुदृढ

वीरगंज , २५ माघ –

जनता समाजवादी पार्टी (जसपा) पर्साका नेता तथा वीरगञ्ज महानगरपालिका–२ का पूर्व वडाध्यक्ष शेख अब्बास नेकपा (एमाले) मा प्रवेश गरेका छन्। वीरगञ्जमा आयोजित वडा स्तरीय भेलामार्फत उनले औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्।

शेख नवरोजको अध्यक्षतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर–१ का एमाले उम्मेदवार प्रदीप यादवले आफ्नो अघिल्लो कार्यकालका उपलब्धिहरू प्रस्तुत गर्दै आगामी दिनमा पनि जनतासँग नजिक रहेर विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत सेवामा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा ज्येष्ठ कम्युनिस्ट नेताहरूलाई सम्मानसमेत गरिएको थियो। भेलामा एमाले जिल्ला सचिव महेश दास, सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख सुन्दर कुर्मी, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता उमेश सहनी, शेष जलसोदिन, लाल महमदलगायत वक्ताहरूले सूर्य चिन्हमा मतदान गरी उम्मेदवार प्रदीप यादवलाई विजयी गराउन आह्वान गरे।

भेलामा देखिएको उल्लेखनीय सहभागिता र विभिन्न दलका नेताहरूको एमाले प्रवेशले पर्सा क्षेत्र नम्बर–१ मा नेकपा एमालेको संगठनात्मक आधार थप बलियो बन्दै गएको स्थानीय नेताहरूले बताएका छन्।

सम्बन्धित पोस्टहरुः