राष्ट्रियसभाबाट सामाजिक सञ्जाल विधेयक फिर्ता, पर्यटन विधेयक पारित

वीरगंज,२६ माघ –

राष्ट्रियसभाले आजको बैठकमा सरकारबाट पेश गरिएको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ। सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता भएको घोषणा गरे।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले समितिको प्रतिवेदन प्रस्तुत गर्दै विधेयकमाथि विभिन्न चरणमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र सरोकारवालासँग छलफल भएको जानकारी गराइन्। समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए।

त्यसैगरी, आजको बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले विधेयक पर्यटन क्षेत्रको विविधिकरण र प्रवर्द्धनका लागि ल्याइएको बताए।

बैठकले राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ। संयोक २०५४ सालमा नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए र माघ १९ गते ९० वर्षको उमेरमा निधन भएका थिए।

राष्ट्रियसभाको अर्को बैठक यही माघ २८ गते दिउँसो १ः१५ बजे

सम्बन्धित पोस्टहरुः