एसआर ग्यालेक्सीले डिपिएसलाई ३–१ ले हराउँदै ज्ञानुदेवी मेमोरियल प्रतियोगिताको उपाधी उचाल्यो

वीरगंज २६ माघ । जीवनज्योती स्कुल वीरगंजद्वारा आयोजित ज्ञानुदेवी मेमोरियल कप जुनियर नकआउट फुटबल टुर्नामेन्ट–२०८२ को समापन सभ्य एवं भव्य रूपले सम्पन्न गरेको छ  । आदर्शनगर खेल मैदानमा सोमवार भएको फाइनल खेलमा एस आर ग्यालेक्सी स्कुलले डिपिएस लाई ३–१ गोल अन्तरले पराजित गर्दै बिजेताको उपाधी चुमेको छ ।

आज भएको फाइनलमा एसआर ग्यालेक्सी स्कुलले डिपिएसलाई ३–१ ले पराजित गरेको हो । साथै आजै बिहान भएको मैत्रीपुर्ण खेलमा वीरगंज युवा समाज ११ ले ज्ञानुदेवी मेमोरियल ११ लाई टाइब्रेकरमा ३–० ले हराएको आयोजक जीवनज्योती स्कुलका संचालक मिनाक्षी गुप्ताले बताइन ।

कार्यक्रममा वीरगंज महानगर शैक्षिक शाखा प्रमुख आनन्द लामिछानेले वीरगंज खेल र खेलाडीको लागि उर्बर भुमी रहेको बताए । आयोजकले स्कुल का जुनियर लेभलमा यस्तो प्रतियोगिताको आयोजना गरेकोमा धन्यवाद प्रकट गरेका थिए ।

आयोजक जीवनज्योती स्कुलका प्रिन्सिपल एवं स्व. ज्ञानुदेवीका सुपुत्र शिव गुप्ताको अध्यक्ष्Fतामा कार्यक्रम भएको थियो ।

सम्बन्धित पोस्टहरुः