वीरगंज–३२ मा सिंहको घरदैलो, स्थानीय समस्या र युवाको रोजगारी मुख्य एजेन्डा

पर्सा, २७ माघ –

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगंज महानगरपालिका वडा नम्बर ३२ अन्तर्गत रामबन र तेढा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

घरदैलोका क्रममा उम्मेदवार सिंहले स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै बस्ती व्यवस्थापन, नाला तथा सडक विकास, शिक्षा र स्वास्थ्य सेवामा देखिएका समस्याबारे छलफल गरे । स्थानीयले वर्षौंदेखि समाधान नपाएका आधारभूत समस्यातर्फ ध्यानाकर्षण गराएका थिए।

युवाहरूले रोजगारीको अभावका कारण केही युवा लागुऔषधको चपेटामा परेको विषय उठाएपछि उम्मेदवार सिंहले यसलाई गम्भीर सामाजिक चुनौतीका रूपमा लिँदै निर्वाचित भएलगत्तै रोजगारी सिर्जना, सीपमूलक तालिम र आत्मनिर्भर कार्यक्रममार्फत युवालाई सकारात्मक दिशातर्फ डोर्‍याउने प्रतिबद्धता जनाए।

कार्यक्रममा स्थानीयवासीले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई काम गर्ने नेतृत्वका रूपमा उल्लेख गर्दै रामकिशोर सिंहसँग पनि जनहितमा काम गर्ने अपेक्षा व्यक्त गरे। “हामी तपाईंको साथमा छौँ” भन्ने स्थानीयको भनाइले कार्यक्रममा उत्साह थपेको थियो।

घरदैलो कार्यक्रममा स्थानीय युवाको उल्लेखनीय सहभागिता देखिएको छ भने उज्यालो नेपाल पार्टीप्रति जनसमर्थन बढ्दै गएको संकेत स्थानीयहरूबाट देखिएको छ।

सम्बन्धित पोस्टहरुः