वीरगंज, २७ माघ । पर्सा जिल्ला, ठोरी गाउँपालिका वार्ड न. ५ सूवर्णपुर चोकबाट एक जना व्यक्तिको उद्धार गरिएको छ ।
मंगलवार मानवसेवा आश्रम वीरगंज शाखाले आफ्नो नाम थर प्रष्ट बताउन नसक्ने, मानसिक अवस्था कमजोर भएको अन्दाजी वर्ष ३० को पुरूषलाइ दिउसो २ः३० बजे उद्धार गरि आश्रममा ल्याईएको हो ।
उद्धारमा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर, आश्रमका अभिभावक प्रकाश थारू , ठोरी गाउँँपालिका वार्ड न. ५ का वडा अध्यक्ष अस्ट बहादुर लोप्चन, प्रहरी चौकी सूवर्णपुरका, प्रहरी बरिष्ट हवलदार विवेक राउत कुर्मीको उपस्थिति रहेको थियो ।
आश्रम लगे पश्चात सो व्यक्तिको सरसफाई गरी नुहाइ धुहाएपछि डा भरत गोईज्यूको निगरानीमा औषधि उपचार हुने मानव सेवा आश्रमले जानकारी गराएको छ ।









