वीरगंज, २७ माघ –
वीरगंज महानगरपालिका–२८ लालपर्सास्थित न्यौपाने समूहको सर्वोत्तम स्टीलमा सोमवार दिउँसो फलाम गलाउने भट्टी विष्फोट भएको छ।
कबाडका फलामहरू गलाएर टङ्कीमा खन्याउने क्रममा आएको विष्फोटका कारण ठूलो आवाज र क्षति भए पनि कुनै मानवीय चोटपटक नभएको कारखानाले जनाएको छ।
भट्टी विष्फोटले कारखानालाई लाखौं रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको बताइएको छ।









