पर्सा – २ का रास्वपा उम्मेदवार कानुको हरादासपूरमा घरदैलो सम्पन्न

पर्सा , २७ माघ –

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका–४ हर्दिया हरदाशपुरस्थित धानुक टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा कानुले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्रमा सुधार तथा नीतिगत पहल आवश्यक रहेको बताएका छन्। उनले वैदेशिक लगानी भित्र्याएर रोजगारी सृजना गर्ने, युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने र कृषिजन्य उत्पादनलाई देशभर बजारसम्म पुर्‍याउने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताए।

स्थानीयवासीहरूले आफ्ना आवश्यकता र सुझाव उम्मेदवारसमक्ष राखेका थिए भने कानुले ती सुझावलाई आफ्नो घोषणापत्र र भावी योजना अन्तर्गत समेट्ने प्रतिबद्धता जनाए।

उल्लेख्य सहभागितासहित सम्पन्न उक्त घरदैलो कार्यक्रममा रास्वपाले विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राख्दै जनतासँग प्रत्यक्ष संवाद गर्दै चुनावी अभियानलाई तीव्र बनाउने लक्ष्य राखेको छ।

सम्बन्धित पोस्टहरुः