वीरगंज , २८ माघ –
वीरगंज महानगरपालिकामा अध्ययनरत अपाङ्गता भएका १६ बालबालिकालाई ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत लाइफ नेपालले प्रत्येकलाई ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि मेयर राजेशमान सिंहले बालबालिकाको शिक्षा सुनिश्चित गर्नु राज्य र समाज दुवैको दायित्व भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कसैलाई शिक्षाबाट वञ्चित हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
लाइफ नेपालकी प्रतिनिधि कञ्चन कोइरालाले सेतो र पहेँलो परिचयपत्र भएका बालबालिकालाई लक्षित गरी सहयोग गरिएको जानकारी दिँदै विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री र पोशाक उपलब्ध गराइने बताए। सहयोग प्राप्त बालबालिकामध्ये ६ जना बालिका र १० जना बालक रहेका छन्।
कार्यक्रमले अपाङ्गता भएका बालबालिकाको शिक्षा, समावेशिता र आत्मनिर्भरता प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।









