वीरगंज , २८ माघ –
वीरगंजमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भव्य स्वागतका साथ उपस्थित भएका छन्। समर्थक र स्थानीय जनताको ठूलो भीडले बजार क्षेत्रमा उत्साह सिर्जना गरेको थियो।
भीडका कारण केही समय ट्राफिक अवरुद्ध भए पनि प्रशासनले सुरक्षा कडा गरेको थियो।
स्थानीयले सडक, खानेपानी, स्वास्थ्य सेवा र बेरोजगारीका समस्या उठाएका थिए। बालेन शाहले जनताको समस्या सुनिने र प्राथमिकतामा राखिने बताए।
उनको रोड शोले वीरगंजमा राजनीतिक माहोल तात्न थालेको छ। आगामी निर्वाचनमा यसले कस्तो प्रभाव पार्छ भन्ने विषयमा विश्लेषक र स्थानीयको चासो बढेको छ।








