परवानीपुरमा एमालेको निर्वाचन परिचालन कार्यालय उद्घाटन, किसान श्रेष्ठद्वारा जनसंवाद

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २९ माघ –

बारा क्षेत्र नं. ४ अन्तर्गत परवानीपुर गाउँपालिका–२, रामपुर टोकनीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को निर्वाचन परिचालन कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) को नेतृत्वमा स्थापना गरिएको उक्त कार्यालय आगामी निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा प्रचार–प्रसारलाई प्रभावकारी बनाउने उद्देश्यले खोलिएको हो।

उद्घाटन कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले जनताको सेवा र विश्वासलाई आफ्नो प्रमुख प्रतिबद्धता रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

उनले भने, “जनताको भरोसालाई कहिल्यै कमजोर हुन दिने छैनौं। विकास र सुशासनमार्फत समृद्ध बारा निर्माण हाम्रो मुख्य उद्देश्य हो।”

कार्यालय सञ्चालनमा आएपछि गाउँ–गाउँमा पुगेर मतदाता भेटघाट, सुझाव संकलन तथा पार्टीका एजेन्डा जनतामाझ पुर्‍याउने अभियानलाई तीव्र बनाइने जनाइएको छ। स्थानीयवासीहरूले पनि कार्यालय स्थापनाले निर्वाचन अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

एमालेले बारा क्षेत्र नं. ४ लाई आफ्नो आधार क्षेत्रका रूपमा लिँदै आगामी दिनमा भेला, सभा तथा जनसंवाद कार्यक्रममार्फत जनसमर्थन सुदृढ गर्ने रणनीति अघि सारेको पार्टी स्रोतले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः