वीरगंज , २९ माघ –
पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट फर्किँदा विमानस्थलमा उनको स्वागतका लागि आयोजना गर्न लागेको र्याली र प्रदर्शनमा प्रशासनले रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा यस्ता गतिविधि गर्न निषेध गरिएको छ।
उक्त सूचना अनुसार, विमानस्थल र आसपासको क्षेत्रमा जुलुस, भेला, र्याली वा प्रदर्शन गर्ने प्रयास नगर्नु पर्ने र सामाजिक सञ्जालमार्फत पनि यस प्रकारका कार्यक्रमलाई प्रेरित नगर्न आग्रह गरिएको छ। प्रशासनले संवेदनशील स्थानमा हुने कुनै पनि कानुन विपरीत गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कारबाही हुने चेतावनी दिएको छ।
पौडेलले भने, “अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै यात्रुहरूको सहज आवतजावत सुनिश्चित गर्न यस किसिमका कार्यक्रम नगर्न सूचना जारी गरिएको हो।”








