महोत्तरी , २९ माघ –
मटिहानी नगरपालिका–४ मझौरा गाउँमा बिहीबार दिउँसो ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शैलेन्द्रकुमार भट्टका अनुसार स्थानीय इमरान राइनकी छोरी सात वर्षीया फरहाना खातुन र समतुल्लाह राइनकी छोरी आठ वर्षीया रफियाखातुन रोटाभेटरमुनि खस्दा घाँटी काटिएर घटनास्थलमै मृत्युवरण गरे।
भट्टले जानकारी दिए अनुसार, ज१त ९७८२ नम्बरको ट्याक्टरमा बालिकालाई बसाएर स्थानीय गरिब आलमको खेत जोतिरहेको अवस्थामा घटना भएको थियो।








