जेनजी युवा उम्मेदवार इस्ताखारको झौउवामा चुनावी घरदैलो

वीरगंज , १ फागुन –

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आम जनता पार्टीका उम्मेदवार मोहम्मद इस्ताखारले पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत बिन्दवासिनी गाउँपालिकाको झौउवा आज शुक्रबार चुनावी घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। उनी २६ वर्षका जेनजी युवा उम्मेदवार हुन्।

सयौं मतदाताको उपस्थितिमा भएको कार्यक्रममा इस्ताखारले प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक प्रतिबद्धता प्रस्तुत गरेका छन्। उनले आगामी निर्वाचनमा मतदातासँग सहकार्य गरी क्षेत्रको समग्र विकास, रोजगारीका अवसर र सामाजिक सेवामा सुधार ल्याउने वाचा गरेका छन्।

कार्यक्रममा उपस्थित मतदाताले उत्साहपूर्वक सहभागिता जनाएका थिए र लोकतान्त्रिक प्रक्रियामा सक्रिय रहनुपर्ने कुरामा जोड दिएका थिए।

सम्बन्धित पोस्टहरुः