वीरगंज , १ फागुन –
नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नम्बर – १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुङ्टाको वीरगंज महानगरपालिको वडा नम्बर – २० हरपतगंजमा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।
उनले मतदातासंग भोट माग्दै फोन २१ गतेको चुनावमा विजयी बनाउन आग्रह गरेका छन । मतदातासंग भेट गर्दै उनले विजयी भएपछी समावेशी विकास, पारदर्शी नेतृत्व र परिणाममुखी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, महिला संघकी किरण शर्मा, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादवसहित नेपाल विद्यार्थी संघ र तरुण दलका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।








