रौतहटमा भएको सवारी दुर्घटनामा परि श्रीमान–श्रीमतीको मृत्यु

वीरगंज , ३ फोन –

रौतहटको गौर–पिपरा सडकखण्डअन्तर्गत सरूअठास्थित झाझपुल नजिक मोडमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमती दुवैको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा यमुनामाई गाउँपालिका–४ सरूअठा निवासी अन्दाजी २४ वर्षीय दिपेन्द्र साह र उनकी २१ वर्षीया श्रीमती रहेका छन्। प्रारम्भिक जानकारीअनुसार मोडमा मोटरसाइकल अनियन्त्रित भई गेहुँ खेतमा पल्टिँदा दुर्घटना भएको हो। दुवैको शव मोटरसाइकलसहित एकै स्थानमा फेला परेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित पोस्टहरुः