पर्सा–१ मा एमाले उम्मेदवार यादवको घरदैलो, विकास र पारदर्शितामा जोड

वीरगंज , ३ फागुन –

पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातेको बेला नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादव ले आइतबार वीरगञ्ज महानगरपालिका–२० हरपतगंजमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

पूर्वमन्त्री यादवले मतदातासँग प्रत्यक्ष संवाद गर्दै सडक, सरसफाइ, रोजगारी र आधारभूत सेवासम्बन्धी समस्यालाई गम्भीरतापूर्वक लिएको उल्लेख गरे। उनले निर्वाचित भए क्षेत्रको विकास निर्माणमा गति दिने र सुशासनका पक्षमा दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यादवले पारदर्शिता, समावेशिता र जनउत्तरदायित्वलाई आफ्नो कार्यशैलीको मूल आधार बनाउने बताए। घरदैलो कार्यक्रममा एमाले का केन्द्रीय तथा स्थानीय नेता–कार्यकर्ता र समर्थकहरूको उपस्थिती रहेको थियो। यादवले आगामी दिनमा पनि मतदातासँग प्रत्यक्ष संवाद गर्दै अभियानलाई निरन्तरता दिने बताए।

सम्बन्धित पोस्टहरुः