रास्वपा उम्मेदवार कानुद्वारा पर्सा–२ मा घरदैलो, ५८ जना पार्टी प्रवेश

वीरगंज , ४ फागुन –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले सोमबार वीरगञ्ज महानगरपालिका–२८ अन्तर्गत बगही र इनरवा टोलमा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलोका क्रममा कानुले रास्वपाको नेतृत्वमा सरकार बने दलित समुदाय लक्षित स्वास्थ्य सेवा, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिने बताए। विकास, कृषि, शिक्षा र रोजगारीलाई मुख्य एजेन्डा बनाउँदै जनताको आवश्यकता अनुसार व्यवहारिक विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलोपछि आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरी ५८ जना स्थानीय नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्। एमालेका दलित नेता शिसम् महारासहित नेपाली कांग्रेस, जसपा नेपाल र आजपाबाट आएका नवप्रवेशीहरूलाई कानुले अबिर र खादा लगाएर स्वागत गरेका थिए।

नवप्रवेशीहरूले पुराना दलले अपेक्षित काम गर्न नसकेको भन्दै परिवर्तनका लागि रास्वपामा प्रवेश गरेको बताएका छन्।

सम्बन्धित पोस्टहरुः