बारा–३ का रास्वपा उम्मेदवार ई. अरविन्द साह निरन्तर घरदैलोमा

बारा , ४ फागुन –

बारा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले कलैया उपमहानगरपालिका–२३ अन्तर्गत बतौरा, कोहिरिया टोल र बैराटपुरमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलोका क्रममा साहले स्थानीय समस्या, अधुरा विकास योजना, कृषि संकट र युवाको रोजगारीका विषयमा छलफल गर्दै किसानलाई समयमै मल–बिउ, सिँचाइ विस्तार र उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय तथा पहुँचयोग्य बनाउने, सीपमूलक तालिममार्फत युवालाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा डिजिटल प्रविधिबाट सरकारी सेवा र सूचना सहज बनाउने उनको एजेन्डा रहेको उनले बताए।

साहले घण्टी छापमा मतदान गर्न आग्रह गर्दै जनताका मुद्दा संसदमा सशक्त रूपमा उठाउने अठोट दोहोर्‍याए। स्थानीयवासीले परिवर्तन र परिणाममुखी कामको अपेक्षासहित सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः