ब्राउन सुगरसहित चारजना पक्राउ

रौतहट, ४ फागुन ।  चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट ब्राउन सुगरसहित चार जनालाई पक्रा गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। 

गोप्य सूचनाका आधारमा विशेष टोली खटाएर उनीहरूलाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गले जनाएका छन् । 

आइतवार दिउँसो ३ः३० बजे चन्द्रपुर–४ बाट बागमती निवासी ३२ वर्षीय तुलबहादुर लामालाई शंकास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा ब्राउन सुगर सेवनमा प्रयोग हुने सामग्री बरामद भएको थियो ।

लामालाई सोधपुछ गर्दा खुलासा भएको तथ्यको आधारमा प्रहरीले चन्द्रपुर–४ गणेशचोकमा डेरा गरी बस्ने २३ वर्षीय प्रिया तामाङ र ३५ वर्षीय राजबलम पाख्रिन मगरलाई पनि पक्राउ गरेको थियो। उनीहरूको कोठाबाट ब्राउन सुगर तौल्ने मेसिन र प्याकेजिड्ढा लागि प्रयोग हुने प्लास्टिकका टुक्रा बरामद गरिएको छ।

अनुसन्धानकै क्रममा सोही साँझ ६ः३० बजे चन्द्रपुर–१ स्थित अमृत घिसिड्ढो घरबाट २९ वर्षीय प्रशान्त तामाङलाई पक्राउ गरिएको थियो। उनको साथबाट २४० मिलीग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको छ।

पक्राउ परेकाहरूलाई लागूऔषध नियन्त्रण ऐनअनुसार कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइँदैछ भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः