शिक्षा सुधार र समग्र विकासलाई प्राथमिकता दिने चौधरीको प्रतिबद्धता

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ४ फागुन —

प्रतिनिधि सभा उम्मेदवार बलवीरप्रसाद चौधरी ले शिक्षा सुधारलाई केन्द्रमा राख्दै समग्र विकासका योजना अघि बढाउने प्रतिबद्धता सार्वजनिक गरेका छन्।

उनले विद्यालय र शिक्षकको क्षमता अभिवृद्धि, विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक र पोशाक, आधुनिक कम्प्युटर र विज्ञान प्रयोगशाला, नयाँ प्रविधिमैत्री सिकाइ प्रणाली तथा सरकारी विद्यालय सुदृढीकरणजस्ता योजनाहरू अघि सार्ने बताए। उच्च शिक्षामा छात्रवृत्ति विस्तार पनि प्राथमिकतामा रहेको उनले उल्लेख गरे।

शिक्षासँगै स्वास्थ्य सेवा सुधार, सुरक्षित यातायात व्यवस्था, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, युवाको उद्यमशीलता प्रवर्द्धन तथा भूमिहीन नागरिकका लागि आवास र वैज्ञानिक भूमि व्यवस्थापनको योजना पनि उनले प्रस्तुत गरे।

बलवीरप्रसाद चौधरीले विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता दोहोर्‍याउँदै मतदातासँग सहयोग र समर्थनको अपिल गरेका छन्।

सम्बन्धित पोस्टहरुः