कलैयामा दुर्घटना, एक जनाको मृत्यु, दुर्ई घाइते

बारा, ४ फागुन । कलैया उपमहानगरपालिका १६ उत्तर झिट्कैयास्थित पिलुवा–कलैया सडकखण्डमा उखु लोड गरेको प्रदेश २–०३–००१ त ३८६ नम्बरको ट्याक्टर र प्रदेश २–०२–०२२ प ५१४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुर्ई जना घाइते भएका छन् ।

 
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १२ धर्मनगरका २५ वर्षीय उपेन्द्र मण्डल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मण्डललाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार अन्य दुर्ई जना कलैया १२ का २३ वर्षीय करण चौरसिया र २५ वर्षीय सावन कुमार यादव गम्भीर घाइते भएका छन् ।उनीहरूलाई प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगंजस्थित एल एस न्युरो अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामै राखिएको छ । 
सम्बन्धित पोस्टहरुः