आयोगले सचेत र जिम्मेवार मतदाता नै लोकतन्त्रको मजबुत आधार स्तम्भ भएको उल्लेख गर्दै स्वच्छ र विश्वसनीय चुनावका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएको छ।
मतदाताले पालन गर्नुपर्ने मुख्य व्यवस्था
मतदान केन्द्रमा जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल फोन वा क्यामरा लैजान नपाइने।
मतदान गर्न जाँदा कुनै पनि प्रकारका नशालु पदार्थ सेवन गर्न नहुने।
मतदातालाई मतदान गर्न जान वा मतदानबाट वञ्चित गराउने उद्देश्यले झुट्टा अफवाह वा भ्रामक समाचार फैलाउन नहुने।
मतदान केन्द्रमा जाँदा कुनै दल वा उम्मेदवारको चुनाव चिह्न, झण्डा वा लोगो अंकित कपडा, टी–सर्ट, टोपी, ज्याकेट, ब्याच, मास्क, स्टिकर वा झोला प्रयोग गर्न नपाइने।
शरीरको कुनै भागमा दल वा उम्मेदवारको चिन्ह वा फोटो अंकित ट्याटु प्रदर्शन गर्न नहुने।
एसएमएस, सामाजिक सञ्जाल वा अन्य विद्युतीय माध्यमबाट कसैको पक्ष वा विपक्षमा तथ्यहीन सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने।
आयोगले निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि सबै मतदातालाई नियमको पालना गर्न आग्रह गरेको छ।








