search

spot_img
spot_img

२१ औं शताब्दीको विद्यालयमा १६ शताब्दीको अवस्था

पढ्न छुटाउनुभयो ?

कपिल डंगोल

वीरगंज महानगरका प्रमुखले वीरगंज महानगरलाई शिक्षित महानगरको रुपमा स्थापित गर्ने लगायतका विषयमा दिने गफ र यथार्थताबीच कुनै तालमेल नरहेको पाइएको छ ।

वीरगंज महानगर क्षेत्रमै रहेको ३२ वर्ष पूरानो विद्यालयको अवस्था हेर्ने हो भने कुनै अति नै दूर्गम गाउँको स्कूलको जस्तो अवस्था रहेको छ । प्रसँग हो, वीरगंज महानगरपालिका वडा नं. ३१ कोन्हियामा रहेको श्री लक्ष्मीदेवी बाबुलाल हंसवाहिनी माध्यमिक विद्यालयको । पाँच सय ११ विद्यार्थी संख्या रहेको यो विद्यालयको अवस्था अति नै दयनीय रहेको पाइएको छ ।

बाहिरबाट झट्ट हेर्दा विशाल तीन तल्ले भवन, कम्पाउण्ड वाल लगायत भौतिक संरचनायुक्त रहेको देखिए पनि भित्र भने विद्यार्थी र शिक्षकहरू हरिविजोग अवस्थामा रहेका छन् । सो विद्यालयमा ६ वटा शौचालय रहेपनि प्रयोगमा रहेको एउटा मात्र शौचालयले ५०० विद्यार्थी, शिक्षक एवं कर्मचारीहरूलाई धान्न सक्ने अवस्थामा नरहेको अभिभावकहरू बताउँछन् । महिला र पुरुषकोलागि एउटै शौचालय प्रयोग गर्न विद्यार्थी तथा शिक्षक शिक्षिकाहरू बाध्य हुनु परेको अवस्था रहेको छ, त्यो पनि पिसाब मात्र गर्न मिल्ने अवस्थामा । दिसा गर्न चाहिं खुल्ला चौर वा गाउँ घरमै पुग्नु पर्ने बाध्यता रहेको शिक्षकहरूले गुनासो व्यक्त गरेका छन् । गत आर्थिक वर्षमा निर्माण गर्न लागिएको शौचालय भवन महानगरबाट रकम निकासा नभएपछि ठेकेदारले अधुरै छोडेर गएको बताइन्छ ।

कक्षा १० सम्म पठन पाठन भईरहेको सो विद्यालयमा अहिलेको प्रचण्ड गर्मीको अवस्थमा कुनै पनि कक्षा कोठामा पंखा त टाढाको कुरा विद्युतीय वायरिङ समेत नभएको प्रधानाध्यापक दिनेश चौरसियाले बताउनु भयो । विद्यालयमा कुनै किसिमको आन्तारिक आयस्रोत नरहेको र महानगरपालिकाबाट आउने स्रोतले विद्यालयको पठन पाठन एवं व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेपनि महानगरबाट पनि यस विद्यालयप्रति कुनै किसिमको सुदृष्टि नहुँदा अनेक कठिनाईको सामना गर्दै पठन पाठन संचालन गर्नु परिरहेको प्र.अ. चौरसियाले बताउनु भयो ।

 


अभाव नै अभावको अवस्थामा रहेको सो विद्यालयमा खानेपानीको समस्या पनि रहेको पाइएको छ । खानेपानीकोलागि पाइप र धारा जडान छ तर ट्यांकी भत्केका कारण धारामा पानी आउँदैन ।
एकातिर यी यावत समस्याहरू विद्यमान रहेकै छ भने अर्कोतर्फ ५११ विद्यार्थीहरूको पठन पाठनकालागि आवश्यक तहगत शिक्षक समेत अपुग रहेको प्र.अ. चौरसियाको गुनासो छ । मावि स्तरमा कम्तिमा ५ जना शिक्षक हुनु पर्नेमा तीन जानले मात्र पठन पाठन गराइरहेका छन् भने निमाविमा १ जना शिक्षक अपूग रहेको छ । त्यस्तै बाल विकासमा १ जनाले मात्र पठन पाठन गराउने गरेका छन् ।केहि महिना अघि वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलमले स्थलगत निरीक्षण गरेर फर्केका भएपनि अहिलेसम्म विद्यालयमा देखिएका विद्यमान समस्याहरू ज्यूंका त्यूं रहेका छन्, निराकरणका कुनै किसिमको पहल नभएको अर्का एक शिक्षकको भनाई छ ।

 


त्यति मात्र नभई बाल विकास कार्यक्रम अन्तर्गत कलिला बालबालिकालाई अध्ययन गराइने कक्षको अवस्था हेर्ने हो भने १६औं शताब्दीलाई पनि पछाडी छोडेको अवस्था छ । कक्षाका भूंई फुटेका छन्, बच्चाहरूलाई बस्ने सामान्य कार्पेटको व्यवस्था छैन, यसले कलिला बालमस्तिष्कमा विद्यालयको कस्तो चित्र बन्ला र पठन पाठनतर्फ कसरी आकर्षित होलान् ? त्यतातिर महानगरले ध्यान दिएको देखिंदैन ।

विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीले झेल्नु परिरहेको समस्याका सम्बन्धमा वीरगंज महानगरपालिकाका शिक्षा समन्वय महाशाखालाई पटक पटक जानकारी गराउँदा पनि समस्या जस्ताको तस्तै रहँदा महानगर प्रमुखले “शिक्षालाई प्राथमिकता” सन्दर्भमा वीरगंज महानगरको बोली र व्यवहार फरक रहेको प्रमाणित हुन्छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads