प्रतिनिधिसभा निर्वाचनका लागि सबै मतपत्र छपाइ सम्पन्न

वीरगंज , ५ फागुन –

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार निर्वाचन आयोगबाट प्राप्त जिम्मेवारीअनुसार प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ सोमबार साँझ सकिएको हो।

पौडेलले ४२ दिनको कार्यतालिकामा सुरु गरिएको छपाइ ४० दिनमै सम्पन्न गरिएको जानकारी दिँदै अब मतपत्र प्याकेजिङ गरी सम्बन्धित प्रदेश र जिल्लामा ढुवानी सुरु गरिएको बताए। उनका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतपत्र पुगिसकेको छ भने बाँकी जिल्लामा १० दिनभित्र पुर्याइनेछ।

केन्द्रले समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ तथा ढुवानी कार्यसमेत अघि बढाइसकेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः