नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२०ः दोस्रो दिन तीन खेल सम्पन्न

वीरगंज, ५ फागुन । एन प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज आदर्शनगरमा दोस्रो दिन तीनवटा खेल सम्पन्न भएका छन् ।

 
म्याच नं. ३, ४ र ५ का प्रतिस्पर्धात्मक खेलमा जुनियर तथा ओपन समूहका टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
म्याच नं. ३ (जुनियर) मा ओएसिस स्कुलले टस जिती ब्याटिङ गर्दै ११.३ ओभरमा ८९ रन बनायो। जवाफमा लर्ड बुद्ध स्कुलले १३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ६ विकेटले जित दर्ता ग¥यो। रोहन पटेल (४ विकेट तथा ४७ रन) म्यान अफ द म्याच घोषित भए।
म्याच नं. ४ (जुनियर) मा ज्ञानोदय स्कुल १३ ओभरमा ६२ रनमा अलआउट भयो। मदरल्याण्ड स्कुलले ९ ओभरमा ६ विकेट गुमाउँदै ६३ रन बनाउँदै ४ विकेटले जित हात पा¥यो। जुनैद हवारी (३ विकेट) म्यान अफ द म्याच बने।
म्याच नं. ५ मा एन्जल्स वर्ड स्कुलले १५ ओभरमा ८८र७ रन बनायो। विद्या सदन स्कुलले १४.४ ओभरमा ९ विकेट गुमाउँदै ८९ रन पूरा गर्दै १ विकेटको रोमाञ्चक जित निकाल्यो। राज आलम म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताअन्तर्गत भोलि जुनियरतर्प सिद्धार्थ एकेडेमी र लर्ड बुद्ध स्कुल तथा सिनियरतर्पm विद्या सदन स्कुल र माउन्ट हर्मन स्कुलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। पहिलो खेल बिहान ९ः०० बजे र दोस्रो खेल बिहान ११ः०० बजे शुरू हुनेछ।
सम्बन्धित पोस्टहरुः