कर्णाली, ६ फागुनः सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ ।
उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए ।
यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उहाँले दिनुभयो । दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए ।









