वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा सभापति एवं पर्सा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले आज इनरूवामा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयको उदघाटन गरेका छन् ।
इनरवामा आज एक कार्यक्रमबीच उनले सम्पर्क कार्यालय उदघाटन गरेका हुन । सम्पर्क कार्यालय उदघाटन गर्दै पन्तले आफुलाइ इनरुवाबासीको अत्यन्तै माया रहेकोले उहाँहरू आफ्नो ठाउँबाट रास्वपालाइ जिताउन लागि परेका बताए । उनले इनरुवाबासीको मायाको सधैं सम्मान र कदर गर्ने समेत बताएका थिए ।
बिजय साहको सभापतित्वमा सम्म्पन्न उक्त उदघाटन कार्यक्रमको सहजीकरण सन्तोष पटेलले गरेका थिए । कार्यक्रममा महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापती, दिलिप कुर्मी, मुकेश पटेल लगायतका नेताहरूको समेत उपस्थिति थियो ।