नामिबियामाथि फराकिलो जितसहित पाकिस्तान टी–२० विश्वकपको ‘सुपर–एट’मा

पाकिस्तान ले नामिबियालाई १०२ रनले हराउँदै आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ चरणमा स्थान बनाएको छ।

श्रीलङ्काको कोलम्बोमा आज सम्पन्न समूह ‘ए’ को खेलमा पाकिस्तानले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबिया १७ ओभर ३ बलमै ९७ रनमा अलआउट भयो।

नामिबियाका लोरेन स्टीनक्याम्पले सर्वाधिक २३ रन बनाए भने पाकिस्तानका उसमान तारिकले ४ र शदाब खानले ३ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ३ विकेट गुमाउँदै १९९ रन बनाएको थियो।

साहिबजादा फरहानले ५८ बलमा अविजित १०० रनको शतकीय पारी खेले।

यससँगै समूह ‘ए’ बाट पाकिस्तान र भारत ‘सुपर–एट’ पुगेका छन्। समूह ‘बी’ बाट श्रीलङ्का र जिम्बावे, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड ‘सुपर–एट’मा पुगेका छन्।

‘सुपर–एट’ का खेलहरू आउँदो शनिबारदेखि सुरु हुनेछन्। दुई समूहमा चार–चार टोली रहनेछन् भने शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुने तय

सम्बन्धित पोस्टहरुः