search

टेलिभिजनमा फेरि आउने भयो रामानन्द सागरको रामायण

पढ्न छुटाउनुभयो ?

रिलिजदेखि नै प्रभास, कीर्ति सेनन र सैफ अली खान लिड रोलमा रहेको फिल्म आदिपुरुष विवादित बन्यो। विवादको घेरा भारतमा मात्र सीमित रहेन नेपालमा झन ठूलो तरङ्ग पैदा भयो फिल्मलाई लिएर। यिनै विवादका बिच रामानन्द सागर कृत रामायण पुन: काँचको पर्दामा आउने भएको छ।
सिमारो टेलिभिजनले यसलाई फेरि टेलिभिजनको स्क्रिनमा यसलाई अन एयर गर्ने भएको हो। रामानन्द सागरको रामायण श्रृङ्खलाले करौडौं दर्शकको मन जितेको छ जसलाई जुलाई ३ बाट प्रसारण गर्न लागिएको हो। साँझ ७:३० बजेबाट यसको प्रसारण हुनेछ।
यस सिरिजमा अरुण गोभिल रामको भूमिकामा छन् भने दीपिका चिखलिया सीताको भूमिकामा। दाह्रा सिंह हनुमानको भूमिकामा र सुनिल लहरी लक्ष्मणको भूमिकामा छन्। अरुण, दीपिका र सुनिललाई यस टेलिश्रृङ्खला पछि मानिसले भगवान नै मानेर आदार सम्मान गर्दै आएका छन्।
यसैबिच फिल्म आदिपुरुषको कलेक्सनले ३ सय करोड छुनै लागेको छ। हिन्दी भर्सनबाट १ सय ३३ करोड कलेक्सन भएको छ। फिल्म रिलिज भएको तीन दिन धमाकेदार कलेक्सन गरे पनि वर्ड अफ माउथ र रिभ्यू दुवैमा फिल्म कमजोर सावित भएको थियो। रामायणको गम्भीर विषयमाथि हल्काफुल्का संवादका कारण फिल्मले सबैभन्दा धेरै आलोचना भोगेको थियो। आदिपुरुषको प्रतीक्षा गरेका सबैजसो दर्शक रामानन्द सागरको रामायणबाट प्रभावित भएका पुस्ताहरु रहेकाले फिल्मले नकारात्मक रेटिङ पाएको थियो।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads