वीरगंज , ७ फागुन –
सर्लाही सदरमुकाम मलंगवा मा आज दिउँसो पेस्तोल पड्किँदा १५ वर्षीय आकाश राम घाइते भएका छन्। उनी मलंगवा–४ को ढाँका बोर्डर टोलमा घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको वस्तु खोलेर हेर्दा अचानक पेस्तोल पड्किएको प्रहरीले जनाएको छ।
डीएसपी सरोज राई का अनुसार गोली आकाशको दाहिने हातको पन्जामा लागेको छ र उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। चिकित्सकले उनको अवस्था मध्यम रहेको बताएका छन्। प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ र थप अनुसन्धान जारी रहेको जनाएको छ।








