बिन्दवासिनीका जसपा नेता–कार्यकर्ताहरु एमालेमा प्रवेश

पोखरिया, ७ फागुन । जसपाका युवा नेता  बिन्दवासिनी गाउँँ पालिका निवासी मधुसुदन चौरसियाको नेतृत्वमा ओकिल मियाँँ, नन्दु साह कानु, सोयल अख्तर, प्रभु बैठालगायतका नेताहरूले आज औपचारिक रूपमा नेकपा (एमाले) प्रवेश गर्नुभएको छ।

काठमाडौं आयोजित एक कार्यक्रममा उहाँहरूलाई नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो। कार्यक्रममा अध्यक्ष ओलीले देशको समृद्धि, सुशासन र विकासका लागि एमाले नै सक्षम र भरोसायोग्य शक्ति भएको उल्लेख गर्दै नवप्रवेशी नेताहरूको आगमनले पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा स्थानीय तहदेखि संघीय तहसम्म विकास र स्थायित्वका लागि एमालेको नेतृत्व आवश्यक रहेको प्रतिबद्धता नवप्रवेशी नेताहरूले व्यक्त गर्नुभएको थियो।
नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको पहलमा आज नेकपा एमाले पर्सा जिल्लामा नयाँ उर्जा सहित स्थापित हुने देखिएको छ।
सम्बन्धित पोस्टहरुः