पर्साको सुदूरपश्चिम गाउँपालिका ठोरीमा रोपाइँ महोत्सव

1200x150_1200x150-01.jpg (1)
वीरगंज, १५ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पर्सा वीरगंजले पर्साको सुदूरपश्चिम गाउँपालिका ठोरीमा २०औं राष्ट्रिय धान दिवस मनाएको छ ।
वडा नं ३ बुद्धनगरको ओडारमा रोपाइँ महोत्सव आयोजना गर्दै धान दिवस मनाएको हो । वडाध्यक्ष्F शम्भु खड्काको अध्यक्ष्Fता एवं ठोरी गापा अध्यक्ष्F लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति, पर्साका उपसभापति पुरनप्रसाद कुर्मी, पूर्व उपसभापति ठाकुरप्रसाद न्यौपाने, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा राजकिशोर साह, कृषि औजार अनुसन्धान निर्देशनालय मधेस प्रदेशका निर्देशक डा विपी यादव, कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनीलाल प्रसाद, जीराभवानी गापा–४ का अध्यक्ष्F राजेश्वरदास थारु, इलाका प्रहरी कार्यालय ठोरी, सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ठोरी, ब्रह्मनगरलगायत सुरक्ष्Fा निकायका अधिकारी एवं स्थानीय किसानहरुको सहभागिता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गापा अध्यक्ष्F श्रेष्ठले ठोरीलाई जहिले पनि विभेद र कम सेवा सुविधा दिने आँखाले हेर्ने भएकोले यसमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । मधेस प्रदेशको अथवा केन्द्र प्रदेश अथवा वीरगंजको सरकारी कार्यालय किसानलाई दिने सेवा सुविधा जस्तै मल, खाद, सिंचाइ, बिजुली र बजेटमा पनि हामी विभेद खेप्छौं । त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
सम्बन्धित पोस्टहरुः