वीरगंज , १० फागुन –
रौतहट गौर नगरपालिका क्षेत्रमा जारी अनिश्चितकालीन कर्फ्यूका कारण रौतहट जिल्ला अदालतले आज आइतवारका सम्पूर्ण न्यायिक कामकारबाही स्थगित गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले अर्को आदेश नभएसम्म कर्फ्यू जारी गरेपछि अदालतको सेवा प्रभावित भएको हो।
अदालतले सूचना जारी गर्दै आजका लागि तय गरिएका सबै सेवा स्थगित रहने र तारिख तथा म्यादसमेत नगुज्रिने स्पष्ट पारेको छ।
गौर–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडप उग्र बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
प्रशासनका अनुसार विवाद समाधानका लागि सर्वपक्षीय बैठक जारी रहेको छ।









