वीरगंजमा प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतदान सम्पन्न

वीरगंज , १० फागुन –

जिल्ला निर्वाचन कार्यालय पर्साले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन नमूना मतदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा मतदान केन्द्र व्यवस्थापन, मतदाता परिचय प्रमाणीकरण, मतपत्र वितरण, गोप्य मतदान, मतपेटिका व्यवस्थापन तथा सम्भावित अवाञ्छित घटना र भीड नियन्त्रणसम्बन्धी अभ्यास गराइएको थियो। यसले वास्तविक निर्वाचनका दिन हुन सक्ने त्रुटि न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

जिल्ला निर्वाचन अधिकारीले नमूना मतदानले निर्वाचन प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मतदातालाई निर्धक्क भई मतदान गर्न आग्रह गरे। साथै सबै सरोकारवालालाई आचारसंहिता पालना गरी शान्तिपूर्ण वातावरण कायम राख्न अनुरोध गरिएको छ।

सम्बन्धित पोस्टहरुः