बारा, १० फागुन –
बाराको कलैया उपमहानगरपालिका वडा नं. २६ सिसवा महेशपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ई. अरविन्द साहले घरदैलो अभियान जारी राखेका छन्।
साह स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, रोजगारी र सडक पूर्वाधारसम्बन्धी समस्या सुन्ने र प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। टोल–टोलमा साहलाई युवादेखि ज्येष्ठ नागरिकसम्मले उत्साहका साथ स्वागत गरेका छन्।
सिसवा महेशपुरमा रास्वपाका केन्द्रीय परिषद्का सदस्य डा. सुशिल साहका अनुसार उम्मेदवार साहप्रति देखिएको उत्साहले निर्वाचनको माहोल तताएको छ। साहले भने, “जनताको साथ र विश्वासले मात्र नयाँ राजनीतिक संस्कार र पारदर्शी नेतृत्व सुनिश्चित गर्न सकिन्छ।”









