वीरगंज, १० फागुन । वीरगंज महानगरपालिका–११ श्रीपुरमा आइतवार राति दुर्ई समुदायबीच झडप भएको छ। झडपमा केही युवाहरु घाइते भएको स्थानीयवासीले बताएका छन् ।
केही युवाहरूबीच भएको सामान्य विवाद र कुटपिटपछि दुवै पक्षका मानिसहरू जम्मा भई एकअर्काविरुद्ध उत्रिएका थिए ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ। एक समूहले अर्काे समुदायको बस्तीतर्पm जान खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेर भीडलाई तितरबितर पारेको जनाएको छ।
सम्भावित अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना विभिन्न स्थानमा तैनाथ छन। प्रहरीले सर्वसाधारणलाई अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। घटनावारे थप अनुसन्धान भइरहेको जनाइएको छ।








