वीरगंज, ११ – नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जलाई दुई सेट कम्प्युटर आवश्यक एक्सेसरिज र युपिएससहित सहयोग हस्तान्तरण गरेको छ।
सामग्री फागुन १० गते कलेजको सम्मेलन हलमा प्रदान गरिएको हो। सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले गरिएको यस सहयोगले प्रदेश प्रहरी कार्यालयको प्रशासनिक तथा सूचना व्यवस्थापन कार्यमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारीले सामग्री हस्तान्तरण गर्नुभएको थियो भने प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले ग्रहण गर्नुभएको थियो।
कार्यक्रममा कलेज तथा अस्पताल व्यवस्थापन पक्षका पदाधिकारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।









