वडाध्यक्ष नरेश यादव एमाले प्रवेश, वीरगंज–१८ मा संगठन सुदृढ

वीरगंज , १२ माघ –

गत स्थानीय तह निर्वाचन २०७९ मा वीरगंज महानगरपालिका–१८ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेका नरेश प्रसाद यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन्। सोमबार वीरगंजमा आयोजित स्वागत कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादव ले यादवलाई पार्टीमा स्वागत गरे।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायत एमालेका स्थानीय नेताहरूको उपस्थिति थियो। स्वागत समारोहमा बोल्दै प्रदीप यादवले नरेश यादवको प्रवेशले पार्टी संगठन थप मजबुत भएको बताए।

नवप्रवेशी नरेश यादवले एमालेमा आबद्ध भएपछि वीरगंजको विकास र जनसेवामा प्रभावकारी रूपमा लाग्ने प्रतिबद्धता जनाए। उनको प्रवेशसँगै वीरगंज–१८ मा नेकपा (एमाले) को संगठन थप सुदृढ भएको पार्टीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः