वीरगंज , १२ फागुन –
राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शुसिल साह कानु ले वीरगंज महानगरपालिका वडा नं. २४ रमगढवा र वडा नं. २५ सिरिसियामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।
घरदैलो अभियानका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै सुशासन, विकास र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। साथै आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी लाई समर्थन गर्न आग्रह गरे ।








