पर्सा–१ : रामकिशोर सिंहद्वारा वीरगंजका विभिन्न टोलमा घरदैलो

पर्सा , १३ फागुन –
उज्यालो नेपाल पार्टी का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आज वीरगंज महानगरपालिका वडा नं. १२ को मुरली गाउँ तथा वडा नं. ०८ को मुरली बगैंचा र पानीटंकी टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

कार्यक्रमका क्रममा स्थानीयवासीले उम्मेदवार सिंहलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । भेटघाटमा स्थानीय तथा युवाहरूले विगतका नेतृत्वबाट विकास र रोजगारीमा ठोस परिणाम नआएको गुनासो राख्दै यसपटक काम गर्ने नेतृत्वलाई समर्थन गर्ने धारणा व्यक्त गरेका छन्।

उम्मेदवार सिंहले निर्वाचित भए लगत्तै शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । साथै, वीरगञ्ज महानगरपालिका वडा नं. २० मा निर्वाचित भई काम गर्दा प्राप्त अनुभवलाई संघीय संसदमा पुर्‍याएर क्षेत्रका विकासका मुद्दा सशक्त रूपमा उठाउने बताउनुभयो।

घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको र स्थानीयले आगामी निर्वाचनका लागि शुभकामना व्यक्त गरेको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः