पर्सा–२ : रास्वपा उम्मेदवार सुशील कानुद्वारा रमगढवा र सिरिसियामा घरदैलो

पर्सा , १३ फागुन –

पर्सा निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले वीरगंज महानगरपालिकाका वडा नं. २४ रमगढवा र वडा नं. २५ सिरिसियामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। घरदैलोका क्रममा उम्मेदवार कानुले विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको सुधारलाई प्राथमिक एजेन्डा बनाउँदै स्वच्छ र उत्तरदायी राजनीति स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयवासीले सडक स्तरोन्नति, खानेपानी, ढल निकास, कृषि आधुनिकीकरण र साना व्यवसाय प्रवर्द्धनका विषय उठाएका थिए। ती समस्या समाधानलाई प्राथमिकतामा राखेर अघि बढ्ने उम्मेदवार कानुले आश्वासन दिए ।

रास्वपाले पर्सा–२ मा चुनावी गतिविधि तीव्र बनाएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः