सहयोग र समर्थनले अझ बलियो बनायो : कप्तान भण्डारी

नेपालकी महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी उपचारका क्रममा प्राप्त व्यापक सहयोग र समर्थनप्रति आभार व्यक्त गर्दै छिट्टै मैदान फर्किने दृढ संकल्प व्यक्त गरेकी छ्न ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भावनात्मक सन्देशमा उहाँले पछिल्लो २४ घण्टामा पाएको माया, विश्वास र साथ शब्दमा व्यक्त गर्न कठिन रहेको बताईन। उकोको उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ सहयोग प्राप्त भएको उल्लेख गरिन।

उपचार खर्च पर्याप्त जुटिसकेको जनाउँदै उहाँले अब थप सहयोग नपठाउन समर्थकहरूलाई आग्रह गर्नुभएको छ। उनको आवद्ध क्लब वेलिङ्ट्न फ्योनिक्सले पनि विमा र अतिरिक्त सहयोगमार्फत उपचार र पुनर्स्थापनामा सहजीकरण गरिरहेको बताइएको छ।

चोटका कारण शारीरिक र मानसिक रूपमा थकित भए पनि समर्थकको साथले आफूलाई पुनः उठ्ने साहस दिएको भन्दै कप्तान सम्भाले “म फर्कनेछु, अझ मजबुत भएर फर्कनेछु, फेरि नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु” भन्ने प्रतिबद्धता व्यक्त गरिन।

सम्बन्धित पोस्टहरुः