search

spot_img
spot_img

अत्यधिक भीडभाडको कारण जनकपुर भाटभाटेनी बन्द

पढ्न छुटाउनुभयो ?

वीरगंज
जनकपुर भाटभटेनी आज अपरान्ह ३ बजेदेखि बन्द भएको छ । अत्यधिक भीडभाड बढेको कारण भीड नियन्त्रण गर्न बन्द गर्नु परेको भाटभटेनी व्यवस्थापनले जनाएको छ । भाटभटेनी डिपार्टमेन्टल स्टोर्सका क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले जनकपुरको भाटभटेनी शनिवार अपरान्ह ३ बजेदेखि बन्द गरेर भीड निकाल्ने काम भएको बताए । गत असार ६ गते उद्घाटन भएको भाटभटेनी मधेश प्रदेशको आर्थिक नगरी वीरगंजपछिको दोस्रो स्टोर्स हो । नेपाल–भारत सीमा क्षेत्रसंग नजिकमा पर्ने जनकपुरमा आधुनिक स्तरको पहिलो पल्ट सुविधा सम्पन्न डिर्पाटमेन्टल स्टोर्स सञ्चालन भएपछि भीडभाड बढेको हो । खासगरी बालबालिका तथा यूवाहरुको चहलपहल बढेको बताइएको छ । वातानुकुलित वातावरणमा किनमेल गर्न,फोटो सेशनदेखि शर्ट भिडियो बनाउन एवं खेल खेल्न पछिल्लो समय भाटभटेनीको आउटलेटमा युवाहरुको चहलपहल बढने गरेको देखिन्छ ।वीरगंजमा पनि भाटभटेनी उद्घाटन हुदाँ हजारौ युवाहरुको चहलपहल बढेको थियो ।तर अहिले समान्य बनेको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads