अन्तर–हाउस खेलकुद प्रतियोगिता

1200x150_1200x150-01.jpg (1)
वीरगंज, १५ फागुन ।  गौतम स्कुलको ४९औँ वार्षिक अन्तर–हाउस खेलकुद प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।
कक्षा १ देखि कक्षा ६ सम्मका विद्यार्थीहरूले दौड, हाइजम्प, लङजम्प, रिले रेस, भलिबल, फुटबल लगायत विभिन्न खेलकुद विधामा सक्रिय सहभागीता जनाएका थिए।
विद्यालयका निर्देशक प्रिया परीक्षा लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अरबिन्द्र अमात्य, मनीष सिंह, विद्यालयका डाइरेक्टर सोनल लामा, प्रिन्सिपल गणेश क्षेत्रीलगायतको सहभागिता थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अतिथिहरूले मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
सम्बन्धित पोस्टहरुः