अवैध काठसहित ट्याक्टर नियन्त्रण

वीरगंज, १५ फागुन ।  पर्सा जिल्लाको जीराभवानी गाउँपालिका–५ हरैयाका स्थानीयवासीले राष्ट्रिय वनबाट अवैध रूपमा कटानी गरी तस्करी हुँदै गरेको ठूलो परिमाणको काठ नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

बिहीवार राति तस्करीको काठसहित प्र–२–०३–००१ त ३८०० नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो । उक्त ट्याक्टर वडा नं. ३ सहजानपुर क्षेत्रबाट नियन्त्रणमा लिइएको बताइएको छ । ट्याक्टरमा लोपोन्मुख प्रजातिका सतिसाल र सिसौ जातका काठ लोड गरिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको काठ र ट्याक्टर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पठाइएको        छ।

यस विषयमा डिभिजन वन कार्यालय पर्सा का प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले प्रहरीले काठ र ट्याक्टर वन कार्यालयमा बुझाएपछि कानुन बमोजिम आवश्यक कारबाही अघि बढाइने जानकारी दिएका छन। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः