search

सर्लाहीलाई पराजित गर्दै सिराहा तेश्रो

पढ्न छुटाउनुभयो ?

वीरगंज
बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र प्रदेशस्तरीय फुटबल प्रतियोगितामा सिराहा तेश्रो भएको छ । तेश्रो स्थानको लागी शुक्रबार बेलुकी सिमरा रंगशालामा भएको खेलमा सर्लाहीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिराहा प्रतियोगिताको तेश्रो स्थान हासिल गर्न सफल भएको हो । सिराहाको जितमा अन्जन हमालले दुई र अमन लामाले एक गोल गरे । सर्लाहीका लागी एक मात्र सान्तवना गोल शिव चौलगाईले गरे । तेश्रो भएको सिराहाले नगद २० हजार रुपैया प्राप्त गरेको छ ।उक्त खेलको म्यान अफ द म्याच सिरहाका अन्जन हमाल घोषित भए ।

प्रतियोगिताको उपाधीका लागि शनिबार भइरहेको फाईनलमा साबिक उपविजेता बारा र रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार रुपैया पाउनेछन् । मधेस प्रदेश फुटबल संघको आयोजना तथा बारा जिल्ला फुटबल संघको सह आयोजनामा असार ११ गतेदेखि जारी प्रतियोगितामा ८ वटा टिमको सहभागिता छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads