दिवाखाजामा अन्डा नदिएको भन्दै अभिभावकको उजुरी

वीरगंज , १६ फागुन –

बारा जिल्लाको प्रसौनी गाउँपालिका–३ नौतनस्थित श्रीराम जानकी आधारभूत विद्यालय का अभिभावकहरूले सूचीअनुसारको दिवाखाजा नखुवाइएको भन्दै गाउँपालिकामा उजुरी गरेका छन्।

अभिभावकका अनुसार शुक्रबारको दिवा खाजामा अन्डा समेत दिनुपर्ने व्यवस्था भए पनि विद्यालयले विद्यार्थीहरूलाई बिस्कुट मात्र खुवाएको छ। उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी १८२ जना विद्यार्थी अध्ययनरत छन्।

विद्यालयका प्रधानाध्यापक राजेश जयसवालले भने नजिकैको खुटुवा माध्यमिक विद्यालयमा एसइईको टेस्ट परीक्षा चलिरहेका कारण आसपासका पसलमा अन्डा नपाइएको र सोही कारण दिवा खाजामा अन्डा समावेश गर्न नसकिएको स्पष्ट पारेका छन्।

सम्बन्धित पोस्टहरुः