निर्वाचन लक्षित वीरगंजमा नेपाली सेनाको बख्तरबन्द गस्ती

वीरगंज , १७ फागुन –

आसन्न निर्वाचनलाई लक्षित गर्दै वीरगंजका विभिन्न स्थानमा नेपाली सेनाले बख्तरबन्द गाडीसहित गस्ती सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को माघ २१ गतेदेखि फागुन २१ गतेसम्म सेना परिचालन गर्ने निर्णयअनुसार नै गस्ती सञ्चालन गरिएको हो ।

श्रीजङ्ग गण वीरगंजका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार गणबाट निस्किएको सेनाको टोली घण्टाघर हुँदै रेल्वे रोड, छपकैया, इदगाहचोक, रजत जयन्तीबाट बाइपास सडक हुँदै गण्डकसम्म पुग्नेछ । त्यसपछि गस्ती टोली परवानीपुर, ड्राइपोर्ट र पावरहाउस हुँदै पुनः गणमा फर्किने छ ।

सरकारले निर्वाचनका क्रममा आम नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिन र कुनै पनि अप्रिय घटना हुन नदिन गस्ती बढाइएको जनाएको छ । नेपाली सेनाले संवेदनशील क्षेत्रहरूमा निगरानी कडा बनाउँदै नियमित पेट्रोलिङ जारी राख्ने जनाएको छ ।

सम्बन्धित पोस्टहरुः