तराईमा आज होली मनाइँदै : सुरक्षा व्यवस्था कडा

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २० फागुन –

तराईका जिल्लाहरूमा आज रङहरूको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै छ।

हिमाली तथा पहाडी जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट तराई क्षेत्रमा होली मनाउने गरिन्छ तर यो बर्ष एकदिन बिराएर तराइमा होलि मनाउन लागिएको हो ।

यस वर्ष होली मंगलबार परेकाले त्यो दिन माछा–मासु नखाने परम्परालाई ध्यानमा राख्दै बुधबार मनाउने लागिएको हो । होली असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक हो।

प्राचीनकालीन वसन्तोत्सवबाट सुरु भएको यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका र ढुण्ढा आदिका कथासँग जोडिँदै फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको उल्लेख गरिएको छ।

ढोल, डम्फु र मृदङ्गको तालमा नाचगान र रसरङ्ग गर्दै मनाइने यस पर्वले सामाजिक सद्भाव र भ्रातृत्व भावना अभिवृद्धि गर्ने विश्वास छ।

यसैविच जिल्ला प्रहरी कार्यालय पर्साले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रहरी नायव उपरीक्षक राजु कार्कीका अनुसार अनुमतिबिना रङ दल्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्ने जस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाही गरिने छ ।

प्रहरीले अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रङ नदल्न, हानिकारक रासायनिक रङ प्रयोग नगर्न तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेको छ । कुनै आपराधिक गतिविधि देखिएमा प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

सम्बन्धित पोस्टहरुः