सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको निधन

वीरगंज , २० फागुन –

सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतो मतदान केन्द्रमै बेहोस भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिँदा करिब आधा घण्टापछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

महतो रौतहटका माधव नारायण नगरपालिका–६ का स्थायी बासिन्दा थिए र सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रूपमा कार्यरत थिए।

जिगडवा मतदान केन्द्र जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्वतर्फ पर्दछ। मृत्युको यकिन कारण पोस्टमार्टमपछि मात्र खुल्ने चिकित्सकहरूले बताएका छन्।

सम्बन्धित पोस्टहरुः